A Great help from Belgium

अर्जुन गुरुङ सर को नेतृत्वमा बेल्जियमबाट धेरै मनकारी दाजुभाई तथा दिदिबहिनीहरुबाट हामिले साथ/ सहयोग पाईरहेका छौ । बिगतको दिनहरुमा जस्तै यसपाली पनि हाम्रा नानिबाबुहरुको लागि रु २१,७०० अक्षरुपि (एकाईस हजार सातसय) रकम हामिले प्राप्त गरेका छौ । यो तपाईहरुको उदार हृदयको देन हो कि आफुले प्रवासी जिबनको दुख /कष्ट सहेर पनि अरुको लागि केही सहयोग गरौ भनी आफुले सक्दो थोरै-थोरै रकम जम्मा गरेर भएपनि हाम्रा नानिबाबुहरुको लागि सहयोग गर्दै आईरहनु भएको छ । पक्कै पनि नानिबाबुहरुको आशीर्वाद यहाँहरुलाई लागिरहनेछ। तपाईहरुबाट प्राप्त यस महिनाको रकमबाट हामिले सबै नानिबाबुहरुलाई स्कुल ब्याग , जुत्ता र अन्य आवस्यक सामानहरु किनिदिएका छौ । यसरी हामिलाई अमुल्य साथ / सहयोग गर्नु हुने सबै जनाप्रती हार्दिक आभार साथै धेरै धेरै धन्यवाद दिन चाहन्छौ । आगामि दिनहरुमा पनि हजुरहरुको अमुल्य साथ सहयोगको आशा /अपेक्षा गर्दछौ । सहयोगीको नाम: ——————
1) Arjun kumar gurung
2) Shree Krishna tamot
3) Dan Bahadur gurung
4) Bikash shrestha
5) Ram gurung
6) Isha gurung
7) Sara aryal
8) Muna k.c